Rule 11
रोक्का राखिएको बस्तु लिलाम बिक्री वा नष्ट गर्न सकिने

(१) नियम ९ बमोजिम रोक्का राखिएको कुनै वस्तु तत्काल प्रयोग नगरेमा सडी गली वा प्रयोग गर्ने म्याद समाप्त हुने भएमा बोर्ड वा बजार संरक्षण अधिकृतले सार्वजनिक बढाबढ गरी त्यस्तो वस्तु लिलाम बिक्री गर्नु पर्नेछ ।

तर गुणस्तर वा अन्य कुनै कारणबाट त्यस्तो वस्तुले उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर पार्ने देखिएमा वातावरणलाई असर नगर्ने गरी सो वस्तु नष्ट गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम लिलाम बिक्री गरिएको वस्तुबाट प्राप्त भएको रकम बोर्ड वा बजार संरक्षण अधिकृतले पछि अदालतबाट ठहरे बमोजिम हुने गरी आफ्नो कार्यालयको धरौटी खातामा जम्मा गर्नु पर्नेछ ।
(३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नियम ९ बमोजिम रोक्का राखिएको वस्तु कावुबाहिरको परिस्थिति परी सडे गलेमा वा लिलाम बिक्री हुन नसकी सो उपनियम बमोजिम नष्ट गरिएकोमा त्यस्तो वस्तुप्रति बोर्ड वा बजार संरक्षण अधिकृत जिम्मेवार हुने छैन ।